१४ अंकले घट्दा ८९ करोड ४१ लाख रुपैंयाँको कारोबार
काठमाडौँ – नेप्से आज शुक्रबार पनि घटेको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ३१ अंकले घटेर तीन सय ९२ दशमलव शुन्य छ अंकमा झरेको छ ।
दुई सय २९ वटा कम्पनीहरुको १८ हजार छ सय १७ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ३८ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव दुई अंकले घटेर १४ सय आठ दशमलव १४ अंकमा पुग्दा जलविद्युत समुहको सुचक पनि सात दशमलव ३७ अंकले घटेर २४ सय नौं दशमलव ७९ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ७९ दशहमलव ५७ अंकले घटेर आठ हजार पाँच सय ११ दशमलव तीन अंकमा पुग्दा जीवन बीमा, विकास बैंक, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, फाईनान्स, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ। यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कुमारी बैंक लिमिटेड परेको छ ।