काठमाडौँ – अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बिहिबार पुन घटेको छ । नेप्से आज १७ दशमलव ५८ अंकले घटेर दुई हजार ६२ दशमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव ९९ अंकले घटेर तीन सय ९६ दशमलव ३९ अंकमा पुगेको छ ।
दुई सय २९ वटा कम्पनीहरुको ३० हजार सात सय ६२ पटकको कारोबारमा आज ४१ लाख ५६ हजार एक सय चार कित्ता सेयर किन बेच हुंदा कारोबार रकम एक अर्ब ४७ करोड २६ लाख ९० हजार पाँच सय ५४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७३ अंकले घटेर १४ सय १३ दशमलव ३४ अंकमा पुगेको छ भने जलविद्युत समुहको सुचक पनि ४० दशमलव ५९ अंकले घटेर २४ सय १७ दशमलव १० अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ७८ दशमलव ८४ अंकले घटेर आठ हजार पाँच सय ७९ दशमलव ९५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ३७ अंकले घटेर नौं हजार आठ सय ४१ दशमलव १८ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमशः १२ दशमलव ३१, ३९ दशमलव ७१, ४९ दशमलव ८६, २४ दशमलव ३५, ३१ दशमलव ४६, शुन्य दशमलव शुन्य छ र शुन्य दशमलव पाँच अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने कुमारी बैंक पहिलो स्थानमा परेको छ ।