काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले सरकारले ठूला कुरा मात्र बसेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावले काठमाडौंमा फोहोरका कारण संकटकालको अवस्था सिर्जना भएको बताए ।
उनले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप समेत लगाए।
काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ ।
‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ?’ रावलको प्रश्न छ ।