बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न

आइतबार, जेष्ठ ८ २०७९

एएसएपी इन्टरटेन्मेन्टले गर्यो पोखरामा ‘नेपाल फेशन निस्टा २०२२’

काठमाडौं – नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ ।

पोखरामा सम्पन्न फेशन निस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशन निस्टामा मोडल दिपक घिमिरे,दिक्पाल कार्की, सन्तोष अधिकारी नृत्याङगना एन्जल श्रेष्ठ, लगायतका मोडलहरु आकर्षक डिजाइन याम्पमा प्रस्तुत भएका थिए ।

benisha  hamal.jpeg9.jpeg

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी हरेक वर्ष फेशन ‘हेरिटेज अफ फेशन ’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ ।

13.jpeg10.jpeg

यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्टले  अहिले २०२२मा  पोखरामा निकै भब्य र सब्य रुपमा कार्यक्रम  सम्पन्न गरेको हो । ‘नेपाल फेशन निस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने  सम्झना गुरुङ ,रबिन परियार ,तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनर रहेको कार्यक्रममा गायक बादल थापामगर र गायिका ममता गुरुङको प्रस्तुती रहेको थियो ।  कार्यक्रम भिजे प्रियारानी लामाले संचालन गरेकी थिइन्  । 

3.jpeg6.jpeg11.jpeg