बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेको ओरालो यात्रा निरन्तर

बिहिबार, बैशाख २२ २०७९

काठमाडौँ l नेप्सेमा पुन पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बिहिबार पनि ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ३४ अंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा झरेको छ ।

आज दुई सय ३२ वटा कम्पनीहरुको ३४ हजार दुई सय ६० पटकको कारोबारमा ४६ लाख ७४ हजार नौं सय ४० कित्ता सेयर कनिबेच भएका छन् भने कारोबार रकम एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार चार सय ७३ रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १६ अंकले घटेर १५ सय ३४ दशमलव ७१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव ८१ अंकले घटेर २४ सय ४९ दशमलव ७६ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६५ दशमलव ४२ अंकले घटेर १० हजार छ दशमलव १६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुई सय ६० दशमलव १५ अंकले घटेर ११ हजार सात सय ४४ दशमलव ७९ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पयर्टनत, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सुर्या लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।