बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ओम प्रकाश अवस्थीको निर्देशनमा सरला श्रेष्ठको ‘जिन्दगी सँग लड्दा लड्दै’ सार्बजनिक

बुधबार, बैशाख २१ २०७९

एक क्यान्सर पिडीत नेपाली दौलत बहादुर थापाको बिषयलाई लिएर बनाइएको भिडियो सार्बजनिक भएको छ । जिब्रो क्यान्सर पिडित थापाको जीवनीमा आधारित रहेर यस गीतलाई सरला श्रेष्ठले सब्द लेख्नु भएको हो भने नारायण ओलीले आवाज तथा संगीत भर्नु भएको हो । गोपाल रसाइलीको एरेन्जमा रहेको गीतलाई प्रकाश खरेलले मिक्सिङ्ग गर्नु भएको छ।

रोहित बस्नेत र मेलिना ठकुरीको मुख्य अभिनय रहेको  भिडियोलाई जिबन पराजुलीले ले छायांकन गरेका हुन् भने ओम प्रकाश अवस्थीले सम्पादन तथा निर्देशन गरेका हुन् । निर्माण टिमले भिडियो बाट आएको सम्पूर्ण रकम क्यान्सर पिडित दौलत बहादुर थापालाई दिने बताएका छन् ।