एजेन्सी- जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टी-एयरक्राफ्ट ट्यांक प्रदान गर्ने भएको छ।
युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीमा बैठक बसिरहेका बेलामा सो निर्णय आएको हो।
यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो।
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो।
यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्।