काठमाडौँ l नेप्सेले छलाङ मारेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्से ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेर चार सय ६० दशमलव ८८ अंकमा चढेको छ । आज दुई सय ३८ वटा कम्पनीहरुको ४३ हजार चार सय ५० पटकको कारोबारमा ६६ लाख ३९ हजार पाँच सय चार कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार पाँच सय ९३ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा आज १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक ४२ दशमलव १२ अंकले बढेर १६ सय ११ दशमलव सात अंकमा पुग्दा जलविद्युत समुहको सुुचक पनि एक सय ८९ दशमलव शुन्य नौं अंकले बढेर २७ सय ७२ दशमलव ५१ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि चार सय ३४ दशमलव ३७ अंकले बढेर १० हजार नौं सय ६१ दशमलव ९३ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय २३ दशमलव ३७ अंकले बढेर १३ हजार ३५ दशमलव ९३ अंकमा पुगेको छ । यि बाहेक आज बिकास बैंक, फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिभर्सल पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र २०८४ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंकको संस्थापक सेयर परेको छ ।