बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइपिएल: बैंग्लोरलाई सजिलै पराजित गर्‍यो हैदरावादले

आइतबार, बैशाख ११ २०७९

काठमाडौँ l इन्डियन प्रिमियर लिग (आइपिएल)को शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सनराइजर्स हैदरावादले सजिलै पराजित गरेको छ।

सनराइजर्स हैदरावादविरूद्ध बैंग्लोर १६.१ ­‌ओभरमा ६८ रनमै अलआउट भएपछि विपक्षी टिमलाई जित सहज बनेको हो।

६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेट गुमाएर हासिल गर्‍यो।

जितसँगै हैदरावाद ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।