बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईपीएल : चेन्नईको रोमाञ्चक जित, मुम्बईको सातौँ हार

शुक्रबार, बैशाख ९ २०७९

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बईमाथि चेन्नेईले रोमाञ्चक जित दर्ता गरेको छ । 

बिहिबार राति चेन्नेईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । 

महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाए । उनले तीन चौका र एक छक्काको मदतले नटआउट रहदै चेन्नेईलाई जित दिलाए । उनैले विजयी चौका प्रहार गरेका थिए । 

चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाए । रोविन उथप्पाले ३० रनको योगदान दिए । ओपनर रुतुराज गाइवाड शुन्य रनमा पोलियन फर्किदा मिचेर स्यान्टनरले ११, सिवम दुबेले १३ र कप्तान रविन्द्र जडेजाले तीन रन बनाए ।

ड्वेन प्रिटोरियसले २२ रनको महत्वपुर्ण इनिङ्स खेले । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ र रिले मेरेडिथले १ विकेट हात पारे ।

यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । तिलक वर्माले नकआउट ५१ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ३२ रन जोडेका थिए ।

ऋतिक सोकिनले २५ रनको योगदान दिए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा र इशान किशान शुन्य रनमा पोविलियन फर्किएका थिए ।

चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । ड्यान ब्राभोले २ तथा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान एक एक विकेट हात पारे । 

यस सिजन मुम्बईको खराब नतिजा जारीनै छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिदाँ जित विहिन छ । मुम्बई शुन्य अंक सहित तालिकाको पुछारमा छ । चेन्नेई दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।