बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइपीएल: बेंगलोरको पाँचौ जित

बुधबार, बैशाख ७ २०७९

काठमाडौं । लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी २० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ   ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो ।
लखनऊका क्रुनाल पान्ड्याले  सर्वाधिक ४२ रन बनाए ।  लोकेश राहुलले ३० रनको योगदान गरे ।

बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई  विकेट लिए ।

जितपछी  बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

लखनऊ ७ खेलमा ४  जित र ३  हारसहित चौथो स्थानमा छ ।