बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

४१ अंकले घट्यो नेप्से, सबै सुचकहरु रातै

मंगलबार, बैशाख ६ २०७९

काठमाडौँ l नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दशमलव ८२ अंकले घटेर चार सय ४४ दशमलव १५ अंकमा पुगेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको ३१ हजार आठ सय २५ पटकको कारोबारमा ३८ लाख ७६ हजार तीन सय दुई कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ५३ करोड छ लाख ९२ हजार नौं सय ५६ रुपैंयाँ पुगेको छ ।

१३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरु घटेपछि नेप्से पुरै रातो देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १६ दशमलव ५४ अंकले घटेर १५ सय ७८ दशमलव ९१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ६२ दशमलव एक अंकले घटेर १७ सय ४२ दशमलव २५ अंकमा पुगेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ४२ दशमलव ३७ अंकले घटेर १० हजार सात सय २० दशमलव १४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय ६३ दशमलव ९६ अंकले घटेर १२ हजार छ सय ८७ दशमलव २४ अंकमा पुगेको छ। विकास बैंक, जलबिद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमश आज उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नविल बैंक परेको छ ।