अत्यन्तै चर्चित तथा नेपालीहरुको मनमा बस्न सफल गायक बिशाल निरौला र गायिका अश्मिता अधिकारीको समुधुर आवाजमा ‘मलाई बाधिराख’ बोलको गीत सार्वजनिक भएको छ । बिशाल निरौला र अश्मिता अधिकारीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक र गायिका हुन् । त्यस्तै बिशाल निरौलाले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र यसमा पनि स्वयम आफ्नै शब्द तथा संगीत रहेको छ ।
केशब राज भट्टको निर्देशन र कोरीयोग्राफि रहेको उक्त गीतको भिडियोमा बिबेक जोशी र त्रिशना क्षेत्री को अभिनय रहेको देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई देन्सन शाहले सम्पादन,कलर गरेका हुन् । भिडियोलाई Bishal Niroula Youtube च्यानल बाट हेर्न सकिन्छ।