१४ अंकले घट्यो नेप्से
काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से सातााको तेस्रो कारोबार दिन आज मंगलबार पनि १४ दशमलव २६ अंकले घटेर २५ सय २७ दशमलव ५८ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ अंकमा झरेको छ ।
आज दुई सय २५ वटा कम्पनीह्रुको ३१ हजार चार सय ३१ पटकको कारोबारमा ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ७५ करोड छ लाख २८ हजार एक सय ९९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा होटल तथा पर्यटन समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ५४ अंकले घटेर १६ सय ४५ दशमलव १९ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि १४ दशमलव ९६ अंकले घटेर दुई हजार १८ दशमलव नौं अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ७६ दशमलव ६९ अंकले घटेर १२ हजार ९२ दशमलव १५ अंकमा पुगेकोमा विकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।