बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मेक्सिकोमा गोली चल्दा तीन महिलासहित १९ जनाको मृत्यु

मंगलबार, चैत्र १५ २०७८

मेक्सिको सिटी  । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ ।

मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ । 

‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।

आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ । 

अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् ।   

एजेन्सी