जेरुसेलम । दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् ।
तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र अर्को एकजनाको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।
प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ ।आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ ।
एजेन्सी