बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा ५२१ संक्रमित थपिए, १० जनाको मृत्यु

सोमबार, फाल्गुन २ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण थपिएको छ ।

१० हजार ११५ जनाको स्वास्थ्य परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ३७ जनाको पीसीआर र ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबा६ ४२७ र एन्टिजेन परीक्षणबाट ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३ हजार ९३५ जनाले कोरोनालाई जितेका छन् ।

आज थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८९२ पुगेको छ । अहिले देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित छन्।