बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संक्रमित घटे पनि मृतकको संख्या उस्तै

मंगलबार, माघ २५ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ।

मंगलबार ५ हजार १०३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५८७ पीसीआर तथा ४ हजार १०५ एन्टिजेन परीक्षण भएको छ।