बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अस्ट्रेलियाबाट हिमानीको ‘जेनेरेसन’ सार्वजनिक (भिडीयोसहित)

आइतबार, कार्तिक १४ २०७८

काठमाडौँ l आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ । गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत,  प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठ को अभिनय रहेको छ । 

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो ।  

आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।