बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आजदेखि नेपाली कामदार कोरिया जाने क्रम सुरु , १० हजार श्रमिक उडानको पर्खाइमा

बुधबार, कार्तिक १० २०७८

काठमाडौं ।  डेढ वर्षपछि  नेपाली कामदार दक्षिण कोरिया जाने क्रम सुरु भएको छ । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेसँगै आज (बुधबार) पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् । 

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार कोरिया जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ ।

कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।