बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हुम्लाको लिमीमा पाँच दिनदेखि ४ विदेशीसहित १२ यात्रु अड्किए , मौसम प्रतिकुल हुँदा उद्दारमा समस्या

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । हुम्लाको  हिल्सा र लिमीको पदयात्रामा गएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीयसहित १२ जना  लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।

नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा गत आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा फसेको स्थानीय प्रशासनले जनाएको छ ।  

बाक्लो हिमपातका कारण उनीहरुको उद्दार हुन सकेको छैन । हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुको उद्दार हुन नसकेको हो ।  

गत असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने क्रममा थियो ।  
न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द हुदा  स्थानीय नागरिक तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न  गृहमन्त्रालयलाई पत्र पठाएको  प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

प्रजिअका अनुसार आज पनि मौसम सफा नभएकाले उद्धारमा कठिनाइ भइरहेको जानकारी दिए ।