बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ सार्वजनिक

मंगलबार, असोज २६ २०७८

काठमाडौँ l अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्क्रिन सेयर गरेकी छिन । 

सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । 

देव केसी, मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाई टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।