मेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको थियो ।
उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्सु राखिएको थियो । यो अभियान जुलाई १२ सम्म रहेको थियो । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् ।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।
अमेरीकामा मानिसहरुले खोपमा रुची देखाउन छाडेपछि यस्तो अफर ल्याईएको थियो । एजेन्सी