काठमाडौं । उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको जापानी रक्षा मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाली सेनाले पनि जापानी समुद्रको उत्तरतर्फ नखुलाइएको हतियार परीक्षण भएको जनाएको छ ।
उत्तरले अघिल्लो हप्ता पनि यस्तै परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली कुटनीतिज्ञले हतियार परीक्षण गर्नु अधिकार भएको बताएका बीच यो समाचार आएको छ ।
राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूतले आफ्नो देशप्रति शत्रुता नदेखाउन अमेरिकालाई आग्रह गरेका थिए ।