बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज विश्व रेबिजविरुद्धको दिवस, तथ्य बुझौँ,त्रसित नबनौँ !

मंगलबार, असोज १२ २०७८

काठमाडौं । आज विश्व रेबिज दिवस मनाइँदैछ । तथ्य बुझौँ,त्रसित नबनौँ  भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो ।

घरपालुवा तथा जंगली जनावरको टोकाइबाट सर्ने रोगको सचेतनाका लागि आजको दिन नेपालमा पनि दिवस मनाउने गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेविज रोग लागिसकेपछि अहिले पनि उपचार हुन नसक्ने भएकाले कुकुरले टोकेमा निःशुल्क पाइने खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले कुकुर वा जनावरले टोकेमा १५ मिनेटसम्म साबुनपानीले धुने तथा तुरुन्त खोप लगाउन सूचना जारी गरेको छ ।  

रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।