बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महानगर कै विश्वाशीलो बन्दै कुटुम्ब सहकारी !

सोमबार, असोज ११ २०७८

कुल वासलात पाँच करोड ३५ लाख ५३ हजार नाघ्यो
काठमाडौँ l कुटुम्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौको कोटेश्वरमा कार्यालय रहेको संस्थाले सञ्चालक समितिका अध्यक्ष सुदीपकुमार खनालको सभापतित्वमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

सभाले आर्थिक वर्ष २०७७–०७८ वित्तीय विवरण पारित गरेको छ । यसैगरी सोही सभाबाट सुदीपकुमार खनालकै नेतृत्वमा सञ्चालक समिति चयन भएको छ भने उद्धबकुमार बुढाथोकीको नेतृत्वमा लेखा समिति चयन भएको छ । जसअन्तर्गत सञ्चालक समितिमा सुदीपकुमार खनाल अध्यक्ष, राजेन्द्रकुमार श्रेष्ठ उपाध्यक्ष, रामप्रसाद ढकाल सचिव र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् ।

यसैगरी सञ्चालक समितिका सदस्यहरूमा यशोदा पौडेल, दुर्गाबहादुर पोखरेल र बालकृष्ण बुढाथोकी रहेका छन् । लेखा समितिमा भने उद्धवकुमार बुढाथोकी लेखा समिति संयोजक, शिवराज चौलागाईं लेखा समिति सदस्य र नारायणप्रसाद भट्टराई लेखा समिति सदस्य रहेका छन् । 

’कुटुम्बको हात तपाईको माझ, समृद्धिका लागि निरन्तर साथ’ भन्ने नारासहित स्थापना भएको संस्थाले विगत १० वर्षदेखि सफल रूपमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाबाट ऋण सापटी लिएर साना तथा उद्योगी व्यवसायीहरूले आफ्नो व्यवसाय विस्तार गर्दै समृद्धि हासिल गरिरहेका छन् । कुशल सञ्चालक एवं व्यवस्थापन समितिले नियमनकारी निकायले जारी गर्ने सबै किसिमका ऐन नियमहरूलाई अक्षरशः पालना गर्दै आफ्ना सेयर सदस्यहरूको आर्थिक उन्नति प्रगतिको सहयात्री बन्दै आएको छ ।

संस्थाको सेयर पुँजी हाल एक करोड ९९ हजार तीन सय रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको सेयर पुँजी ९१ लाख २४ हजार तीन सय रुपैयाँ रहेको छ । यस वर्ष संस्थाको साधारण जगेडा कोषमा २२ लाख ११ हजार आठ सय ९० रुपैयाँ ५२ पैसा रहेको छ भने अन्य कोषहरूमा १० लाख सात हजार एक सय ६३ रुपैयाँ रहेको छ । 

गत अवको सोही अवधिमा भने यी कोषहरू क्रमश १६ लाख ५४ हजार दुई सय ३४ रुपैयाँ र पाँच लाख ८८ हजार आठ सय ८२ रुपैयाँ रहेको थियो । यस वर्ष निक्षेप हिसाब तीन करोड ७६ लाख ६३ हजार पाँच सय ३७ रुपैयाँ ९५ पैसा रहेको संस्थाको ऋण नोक्सानी व्यवस्थाअन्तर्गत १६ लाख १४ हजार तीन सय ५७ रुपैयाँ रहेको छ भने चालु दायित्व तथा व्यवस्था नौ लाख ५७ हजार छ सय ४१ रुपैयाँ २७ पैसा रहेको छ ।

सोही आधारमा संस्थाको २०७८ असार ३१ गतेसम्मको कुल वासलात पाँच करोड ३५ लाख ५३ हजार आठ सय ९० रुपैयाँ ५३ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा भने संस्थाको यस्तो वासलात तीन करोड ८० लाख २० हजार सात सय ८३ रुपैयाँ ३८ पैसा रहेको थियो ।