आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हत्या गरेको अभियोगमा पक्राउ

बिहिबार, असोज ७ २०७८

झापा l झापा गाँउपालिका–१ घर भई भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय  श्री हेमरम सतार रहेका छन् ।

झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीर भएको टाँउको, घाटी, पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरीले हत्यामा संलग्न चारै जनालाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगि शरीरको विभिन्न भाग काटी खोलामा फालेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।