आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गोरुको आक्रमणबाट एक जनाको मृत्यु 

बुधबार, असोज ६ २०७८

काभ्रे l पाँचखाल नगरपालिका–६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।