आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

बुधबार, असोज ६ २०७८

झापा, l दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।