बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप १ हजार ४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

बुधबार, असोज ६ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ। बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।