बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह

बुधबार, असोज ६ २०७८

काठमाडौँ । अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनु पर्ने माग गरेको छ ।

तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेख्दै राष्ट्रसंघका लागि हालै नियुक्त गरिएका अफगान राजदूत सुहैल शाहीनलाई महासभामा सम्बोधन गर्न दिन अपील गरेका हुन ।

राष्ट्रसंघले भने उनको पत्रकारे जवाफ दिएको छैन । अफगानिस्तानको सत्तामा तालिवान आएपछि राष्ट्रसंघका तत्कालिन राजदूत गुलाम एम इसाकजाईलाई हटाएर शाहिनलाई नियुक्त गरिएको थियो ।

उता महसभामा भने इसाकजाईको कुर्सी यथावत राखिएको छ । उनले नै सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

महासभामा सामेल भएका अमेरिका, चीन र रुसका प्रतिनिधिहरुले तालीवानको प्रस्ताव अनुसार महासभामा उनीहरुले नियुक्त गरेका राजदूतको सहभागिताको सम्भावना न्युन रहेको बताएका छन् ।