बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मलेसिया गएका पर्वतका युवा १६ वर्षदेखि वेपत्ता, खोजिदिन परिवारको आग्रह

सोमबार, भाद्र २८ २०७८

काठमाडौं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित विक सम्पर्कविहिन भएका हुन् ।

२०६२ सालमा मलेसिया गएका विक हालसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन सरोकारवाला सबैलाई अपिल गरेका छन् । 

 मलेसिया गएको चार वर्षसम्म छोराले फोन  गरे पनि त्यसपछि कुराकानी हुन छोडेको आमा विष्णुमायाले बताईन् । लामो समयसम्म पनि छोरा घर नफर्केपछि आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् । 

काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा  काम गर्दै थिए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको परिवारको भनाइ छ ।

सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेकाले मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैलाई आग्रह गरेका छन् ।