काठमाडौं । इथियोपियाली सेनाले विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका दाबी गरेको छ । हालै भएको कारबाहीमा ५ हजार ६ सय विद्रोही मारिएको सरकारी सेनाको दाबी छ ।
गत एक वर्षदेखि सेनाले विद्रोही समूह विरुद्धको कारबाहीलाई तीब्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्रका अधिकांश भूभाग कब्जामा लिइसकेको विद्रोही समूहविरुद्ध सरकारी सेना आक्रामक बन्दै जादा ठूलो संख्यामा विद्रोही मारिएको बीबीसीले जनाएको छ ।
विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् ।