बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोभिडका कारण अहिलेसम्म विश्वभरका ४५ लाख मानिसले ज्यान गुमाए, डेल्टा भेरियन्टका कारण महामारी नियन्त्रणमा सकस

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १५ । चिनको वुहान प्रान्तबाट महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण अहिलेसमम विश्वभरमा झण्डै ५० लाख मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एएफपीका अनुसार  विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्कले  कम्तीमा ४५ लाख ५० हजार ६२० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । तथ्यांक अनुसार अमेरिका विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकको रुपमा दर्ज भएको छ ।

कोभिड १९ को तेस्रो लहर ब्योहोरी रहेको विश्वले फेरि  डेल्टा भेरिएन्टको  सामना गर्नु परेको छ ।  चाडै संक्रमण फैलन सक्ने अद्भूत क्षमताको डेल्टा भेरियन्टले गत अप्रिलमा भारतमा उपस्थिती जनाईसकेको छ  ।  

भारतमा पहिचान भएसगै विश्वभरका अधिकांश देशहरूमा डेल्टा फैलिएको छ । कोभिड महामारीका कारण सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मानिसको मृत्यु भएको छ ।  

विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट  रोक्ने अनुमानका बीच भाइरसका नयाँ नयाँ रूप देखिदा  महामारी नियन्त्रण गर्न धनी भनिएका देशलाई समेत हम्मे हम्मे परेको छ  ।
विश्व भर खोप लगाउने क्रम चलिरहे पनि  डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने बैज्ञानिकहरुले बताइरहेका छन् ।