काठमाडौं, भाद्र १४ । अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको हो ।
ठाउँ ठाउँमा रुख र बिजुलीका पोलहरु ढलेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।
लुजियाना राज्यका ३ लाख घरपरिवारमा बिजुली आपुर्ती काटिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।