बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पुरै देश कब्जा गर्न सफल तालिबानले काबुल नजिकैको पन्जशिर प्रान्तलाई भने नियन्त्रणमा लिन किन सकेन ?

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । तालिबान समूहले कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जशिर उपत्यकामा, लडाइँको खतरा देखिएको छ । काबुलको उत्तरमा पर्ने पन्जशिरलाई तालिबान विरोधी गढको रुपमा लिइन्छ । त्यहाँको नेतृत्व गरेका पूर्व मुजाहिदिन कमान्डर अहमद साह मसुदका छोरा अहमद मसुदले अल–अरबिया संचार माध्यमसँगको कुराकानीमा मुसदले, तालिबानले, अतिबाद त्याग्नु पर्ने शर्त राखेका छन् l

कुराकानीमा मसुदले, आफुहरु अफगानिस्तान रक्षाका लागि तयार रहेको र, रक्तपातमा उत्रिन समेत पछि नहट्ने चेतावनी दिएको, बताइएको छ । 
अलकायदाले, सेप्टेम्बर ११ मा अमेरिका हमला गर्नु, दुई दिनअघि अहमद साह मसुदको हत्या गरेको थियो। 

तालिबानले आफ्नो ट्विटरमा लेख्दै, ‘स्थानीय अधिकारीले शान्तिपूर्वक पन्जशिर प्रान्त दिन अस्वीकार गरेपछि, सयौं मुजाहिदिन लडाकु, कब्जाका लागि अगाडि बढिरहेको बताएको छ। 
ताबिलानले काबुल कब्जा गरेपछि, त्यहाँका हजारौं नागरिक पन्जसिर गएका छन्।