गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोपकी महिला संयोजक योगिता थापाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको संघको महिला सह -कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै थापाले सहयोगका लागि एनआरएनए अभियन्ता लगायत सबैलाई सहयोगका लागि आग्रह गरेकी छन् ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिबेशनबाट २०१९–२१ का लागि युरोपको महिला संयोजकमा निर्बिरोध निर्बाचित थापा त्यसअघि २०१७–१९ मा गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष पदमा कार्यरत थिईन ।
महिला संयोजकका रुपमा युरोपमा महिलाहरुका समस्या तथा त्यसको समाधान उपायका विषयमा अधिकारकर्मी, प्रवासी महिला र सरोकारवालाहरुसंग छलफल चलाएकी थापाले महिला सशक्तिकरणका साथै बेल्जियमबाट नेपाललाई चिनाउन बिभिन्न कार्यक्रम समेत आयोजना गर्दै आएकी छन् ।