काठमाण्डौ, श्रावण ३२ । हाइटीमा भुइँचालोले कम्तीमा एक हजार तीन सय मानिसको ज्यान गएको थाहा भएको छ । सो मुलुकको नागरिक रक्षा एजेन्सीले कम्तीमा ६ हजार मानिस घाइते भएका जनाएको छ ।
सात दशमलव तीन म्याग्निच्युडको भुकम्पले सात सय घर भत्किएका छन् ।
हाइटीमै आज र भोलि समुद्री आँधीको पुर्वानुमान गरिएको छ ।