काठमाण्डौं, श्रावण २९ । नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो पहिलो मन्त्रीपरिषद बैठकबाट गम्भिर प्रकृतिका विरामीलाइ दुइ लाख रुपैया दिने निर्णय गरेको छ । क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारका लागि थप २ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
यसअघि १ लाख रुपैयाँ पाइरहेकाहरुले अब थप २ लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन् ।
यस्तै, सरकारले कोभिड १९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।
बैठकले सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई तोकेको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ।