आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सिन्धुपाल्चोकमा ९ लाख लुटपाट गर्ने पक्राउ

बिहिबार, साउन २८ २०७८

काठमाण्डौं, श्रावण २८ । ९ लाख ८९ हजार लुटपाटको आरोपमा सिन्धुपाल्चोकमा दुई जना पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले  चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।

तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो  नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।

नक्कली पेस्तोलसमेत देखाइ कुटपिट गरी नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी  दिए।