आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चोभार ड्राइ पोर्टमा जाँचपास र क्वारेन्टीनको मोडालिटी टुंगो लाग्न सकेन, भन्सारबाट कर्मचारी पठाउन आनाकानी

बिहिबार, साउन २८ २०७८

काठमाडौं, साउन २७ । एक महिना अघि निर्माण सम्पन्न भएको चोभारको ड्राइपोर्टमा अहिलेसम्म भन्सार जाचपास र क्वारेन्टीनको टुंगो लाग्न सकेको छैन । यसका साथै यि सम्वद्ध निकायले कर्मचारी पनि अहिलेसम्म पठाएका छैनन् । जसका कारण अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन । 

अढाई वर्ष लगाएर निर्माण सम्पन्न भएको बन्दरगाहमा जाँचपास र क्वारेन्टिन के कसरी  गर्ने भनेर टुंगो लाग्न नसक्दा निर्माण भएको बन्दरगाहले अर्थाेपार्जन गर्न सकेको छैन । 

ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको एक महिना बित्दासम्म यो कहिले देखि सञ्चालनमा आउँछ भन्नेमा सरकारी निकायसँग यतिबेला ठोस जवाफ छैन ।

अहिले काठमाडौैं  ब्यापारको मूख्य क्षेत्र भएपनि  यहाँ आउने सामानहरु बिरगञ्ज भन्सारमा जाच गराउनुपर्छ । जसका लागि सवारी साधनहरु दुई दिनसम्म भन्सार नाकामा बस्नु  पर्ने स्थिती छ । चोभारमा  हालैमात्रै निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै  काठमाडौं आउन पाउनेछन्, बिरगञ्जमा रोकिनु पर्नेछैन । 

निर्माण कम्पनीले सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गरेर बुझाएको अहिले एक महिना बित्यो । जसमा अहिले प्रशासनिक भवन, गोदाम, क्वारेन्टाइन भवन र पार्किङ स्थल सबैको निर्माण पुर्ण रुपमा सकिएको छ । तर, भन्सार विभागले यो बन्दरगाहमा के कसरी सामानको चाजपास गराउने र प्लान्ट क्वारेन्टिन तथा बिषादि व्यवस्थापन केन्द्रले क्वारेन्टीन के कसरी गर्ने भनेर टुंगो लगाउन नसक्दा अहिले यो सञ्चालनमा आउन सकेको छैन । 

भन्सार विभागले अहिलेसम्म  यसका लागि आवश्यक कर्मचारी पनि पठाएको छैन । जसका कारण यो कहिले देखि सञ्चालनमा आउँछ त भन्ने  सरकारी निकायसँग ठोस जवाफ छैन ।

सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै  काठमाडौं आउन पाउनेछन । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने भनिएको यो  सुख्खा बन्दरगाहमा  अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिने भएको छ । 

हिमाल सिमेन्टको करिब ३० करोड रुपैयाँ बैंकको ऋण तिरेर सरकारले यो आयोजना निर्माण गर्न  लागेको हो । ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने गरि  निर्माण हुँदै गरेको यो बन्दरगाहमा बिश्व बैंकको १ अर्ब ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको हो ।