बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परीक्षा दिने विद्यार्थीले खोप लगाउन पाउने, प्रवेश पत्र अनिवार्य

बुधबार, साउन २७ २०७८

विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूले अब कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागका निर्देशक डा तारानाथ पोखरेलका अनुसार    स्वास्थ्य निर्देशनालय, सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न भनिएको छ । 

त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् ।

परीक्षा केन्द्रबाट सङ्क्रमण फैलने डर रहेको भन्दै परीक्षार्थीहरूले खोपको माग गर्दै त्रिवि घेराउलगायतका विरोधका कार्यक्रम गर्दै आएका थिए । 

press release.jpg