आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

लुम्बिनीमा भोलि नया सरकार बन्ने , माआवोदी र कांग्रेसबीच आधा आधा समय चलाउने सहमति

बुधबार, साउन २७ २०७८

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले राजिनामा दिए सगै त्यहा भोलि दिउसो तीन बजेसम्ममा नया सरकार गठन हुने भएकोे छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि   आह्वान गरिसक्नु भएको छ । मुख्यमन्त्री पद रिक्त भएसगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।

धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी राजनीतिक दलको सरकार गठन हुने व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।

तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न नआए १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयबाट सूचना जारी भएसँगै विपक्षी गठबन्धन नयाँ सरकारको तयारीका लागि छलफलमा जुटेका छन् । यसअघि अविश्वासको प्रस्ताव राख्दा लुम्बिनीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको थियो ।

 बाकी रहेको १६ महिनाकालागि आधा आधा समयअवधि बाडेर कांग्रेस र माओवादीले सरकार चलाउने तयारी गरेका छन् । उनीहरुका अनुसार ८ महिना पछि कांग्रेसले मुख्य मन्त्री पाउने सहमति बनेको बताइएको छ ।

लुम्बिनीमा रहेका ८० सांसदमध्ये ४१ जना विपक्षी दलहरूको गठबन्धनमा छन् भने बाँकी एमालेका हुन् ।

letter.jpg