बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तालिबानी थप बलियो बन्दै जादा अफगान नागरिक भने पाकिस्तान प्रति रुष्ट

बुधबार, साउन २७ २०७८

विभिन्न प्रान्तिय राजधानी कब्जा गर्दै अघि बढिरहेको विद्रोही संगठन तालिबान विरुद्ध अफगान सरकार थप प्रतिकारको तयारीमा जुटेको छ ।

अफगान अधिकारीहरुका अनुसार राष्ट्रपति अशरफ घानी जनविद्रोह बल परिचालनका लागि अन्य नेताहरुसगको छलफलमा जुटेका छन् ।

_119876695_gettyimages-1234459323.jpg

एक साताको अवधिमा तालिबानी संगठनले सात वटा प्रान्तिय राजधानी नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकी सैनिक फिर्ता भएसगै तालिबानले आफ्नो पकड फराकिलो पार्दै जादा तालिबानलाइ पाकिस्तानले सहयोग गरेको हुनसक्ने भन्दै अफगानिस्तानमा पाकिस्तान विरोधी भावना उत्तेजित हुन थालेको छ । सामाजिक संजालमा पाकिस्तान विरुद्ध चर्को आलोचना बढ्दै गएको छ । उनीहरुले पाकिस्तानको सहयोगबिना तालिबानीले यति ठूलो सफलता हात पार्न नसक्ने भन्दै पाकिस्तानलाइ बहिष्कार गर्नु पर्ने धारणा फैल्याइरहेका छन् ।

_119879469_gettyimages-1234023391.jpg

अफगान नागरिकको आरोपलाइ खण्डन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विना आधार आरोप नलगाउन चेतावनी दिएका छन् । 

यसैबीच संयुक्त राष्ट्रसंघले तालिबानलाइ वार्ताको टेबुलमा फर्कन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ता रविना शामदासानीले अफगानिस्तानको अवस्था दैनिक दयनिय बन्दै गएको भन्दै वार्ता मार्फत समाधान खोज्न आग्रह गरेकी छन् । उनले त्यहा रहेका अल्पसंख्यक महिला, बालबालिका र संचारकर्मी सबैभन्दा जोखिममा परेको भन्दै मानव अधिकारको रक्षा गर्न सम्बद्ध पक्षलाइ अपिल गरेकी छन् ।  

तस्बिर: बीबीसी