नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त गरिएका कुलमान घिसिङले बुधबारबाट कार्यभार सम्हाल्ने तयारी भएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङ्गलाइ कार्यकारी निर्देशकमा नियुक्त गरे पनि प्राविधिक र व्यवहारिक कठिनाइका कारण भन्दै निर्णय सार्वजनिक गरिएको थिएन ।
यसअघि मंगलबार दिनभर विभिन्न संचारमाध्यममा घिसिङ्ग नियुक्त भएका समाचार प्रकाशित भइरहेपनि सरोकारवालाले कुनै प्रतिक्रिया जनाएका छन् ।
घिसिङ्गको नियुक्त गोप्य राख्नुको कारण बहालवाला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापनमा भइरहेको ढिलाइलाइ कारण मानिएको छ ।
उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको स्रोतको भनाइ छ ।
यसअघि घिसिङ २०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। घिसिङ गत वर्ष २०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए।
शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतको दाबी छ । उर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङलाइ बुधबार पदभार गराउने तयारी गरिएको छ ।