प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रश्नपत्र चोरीमा संलग्न, ११ जनालाई कारबाही गर्न, छानबिन समितिले सिफारिस गरेको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई बर्खास्तदेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको हो ।
गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले, ७ सदस्यीय छानबिन समिति बनाउनुभएको थियो ।
अध्यययन प्रतिवेदनमा, यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।
डीएसपी रुपेश खड्कालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।
शुक्रवार र शनिवार भएका परीक्षाका ४ वटै प्रश्नपत्र लीक भएको ठहर गर्दै समितिले पुनः परीक्षा गर्नुपर्ने सिफारिस गरेको छ ।