बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल चेम्वर अफ कर्मसद्धारा कर,राजश्व तथा भन्सार समिति गठन

मंगलबार, साउन २६ २०७८

काठमाडौ, l नेपाल चेम्वर अफ कर्मसले कर, राजश्व तथा भन्सार समिति गठन गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम  दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित कर, राजश्व तथा भन्सार समितिकोे सह सभापतिमा मनोनयन हुनु भएका क्रमश टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल र सदस्यहरुमा क्रमश नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल शिशिर गौतम,  नरेन्द्र कुमार गुप्ता,  राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारी, लाई मनोनयन पत्र प्रदान गरेका हुन ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कर,राजश्व तथा भन्सार  क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताए । समितिमा नेपालको कर,राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हाशिल गरेका व्यक्तिहरुको प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।