आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारद्वारा आर्थिक स्वेतपत्र जारी ओली सरकारले बढाएको ऋणका कारण मुलुक संकटमा :अर्थमन्त्री शर्मा

मंगलबार, साउन २६ २०७८

सरकारले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बताएको छ ।

देशको वर्तमान आर्थिक अवस्थाको साङ्गो पाङ्गो अवस्था समेटेर श्वेतपत्र संसद् समक्ष प्रस्तुत गदै अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा नया बजेट ल्याउने बताउनु भएको हो ।  

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांक सहितका आकडा  प्रस्तुत गरिएको छ ।

अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४र ०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको छ ।

श्वेत पत्रमा ओली सरकारले साढे तीन वर्षको अवधिमा देशलाई ऋण बोकाउने काम गरेको र ऋण लिए अनुसारको उपलब्धि हासिल नभएको उल्लेख गरिएको छ । कुल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नौ खर्ब २८ अर्ब बाह्य ऋण रहेको छ ।

सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने र विकास वित्त परिचालनका लागि उच्च लागत पर्न जाने देखिने श्वेत पत्रमा उल्लेख छ ।

 कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराउनुभयो ।

अर्थ मन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै संसदमा आर्थिक श्वेत पत्र प्रस्तुत गर्नुभएको हो ।