बेलायतले अफगानिस्तान सरकारलाइ सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई अपिल गरेको छ ।
रक्षा मन्त्री वेन वालेसले अफगानिस्तानकालागि समर्थन जुटाउन अन्र्तराष्ट्रिय गठबन्धन बनाउन प्रयास गरिरहेको दाबी गर्नु भयो ।
अमेरिकी सेनाले अफगानिस्तान छाड्दै गर्दा बिद्रोही समूह तालिबानले विभिन्न ६ वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ ।
अन्तराष्ट्रिय विकासका लागि पूर्व स्टेट मन्त्री ररी स्टुवार्टले अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ सेना फिर्ताको निर्णयमा पुर्नबिचार गर्न आग्रह गर्नु भएको छ ।
-बीबीसी