आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको लोगो परिवर्तनको प्रस्ताब

मंगलबार, साउन २६ २०७८

नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्ने भएको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

एमालेले चुनाव चिन्हलाइ नै पार्टीको लोगोको रुपमा प्रयोग गर्दै आएको थियो ।

प्रस्तावित नया लोगोमा अब सूर्य भित्र हसिया हथौडालाइ पनि समेट्नु पर्ने प्रस्ताव गरेको हो । 

केन्द्रीय कमिटीमा  पेस गरिएको प्रस्तावमा पार्टीका औपचारिक कार्यक्रममा अनिवार्यरुपमा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन बजाउने भनिएको छ ।